
नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ रुकुम पश्चिमको ११ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका १ खलङ्गामा भएको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । युवाहरूको भेलाले सर्वजित खड्काको अध्यक्षयतामा २ सदस्य पछि थप गर्ने गरी २५ सदस्यीय युवा सङ्घ निर्माण गरेको छ । जसको उपाध्यक्षमा ज्ञानेन्द्र खनाल, सचिवमा नवीन शर्मा, सहसचिवमा ओविराम पुन मगर र कोषाध्यक्षमा गणेश बुढाथोकी चयन हुनुभएको छ ।
कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको हो । आज दिउँसो सुरु भएको जिल्ला सम्मेलन आजै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्ष खड्काको अध्यक्षतामा भएको सम्मेलनमा युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेशका उपाध्यक्ष सन्तोष खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओली, जिल्ला अध्यक्ष विमलकुमार पुन लगायतका अन्य नेताहरूको आतिथ्यता रहेको थियो ।