Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल टी–२० विश्वकपमा छनोट भएको खुसीयालीमा मुसिकोटमा दीप प्रज्वलन

नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट भएको खुसीयालीमा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा दीप प्रज्वलन गरिएको छ । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको आयोजनामा मुसिकोट खलङ्गाको त्रिवेणी चोकमा दीप प्रज्वलन गरिएको हो । नेपालले विश्वकप खेल्ने भएपछि त्यसको खुसीयालीमा प्रज्वलन गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीले जानकारी दिनुभयो ।

Cricket 21699018916.jpg

नेपालले अर्को वर्ष हुने टी–२० विश्वकप खेल्ने भयो, यो हामी नेपालीका लागि गौरवको कुरा हो, त्यसैको खुसीयालीमा प्रज्वलन गरिएको हो, उहाँले भन्नुभयो । सहभागीहरूले प्रज्वलन सहित राष्ट्रिय गान समेत गाएका थिए । त्यस्तै नेपाल विश्वकपमा छनोट भएको खुसीयालीमा नाचगान सहित सहभागीहरूले बधाई साटासाट समेत गरेका थिए ।

Cricket 41699018889.jpg

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ कर्णाली प्रदेश सदस्य कुलप्रसाद ओली, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकाल, जिल्ला क्रिकेट सङ्घका सचिव मनिष खड्का, कोषाध्यक्ष नरबहादुर ओली, जिल्ला अस्पतालका विशेषज्ञ डाक्टर केहलविक्रम जिसी, डाक्टर राजकुमार भुजेल, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली, नेकपाका हरि सी, स्वास्थ्यकर्मी सुनिल केसी लगायत खेल प्रेमी, बजारवासी लगायतको सहभागिता रहेको थियो ।

Cricket 31699018898.jpg

काठमाडौँको मुलपानीमा आज भएको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गर्दै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भएको हो । अब छनौट प्रतियोगिताको फाइनलमा नेपालले आइतबार ओमानसँग खेल्ने छ ।  

Cricket 11699018925.jpg

Cricket 51699018881.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update