जाजरकाेटकाे रामिडाँडा केन्द्र भएर ६.४ रेक्टर स्केलकाे भूकम्प गयाे
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे ।
जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ उहाँले बताउनुभयाे । भुकम्पकाे धक्का रूकुम पश्चिम लगायतका जिल्लामा पनि महशुस भएकाे छ । धेरै घरहरूमा क्षति पुगेका खबरहरू आइरहेका छन् । तर थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ००:३१
प्रतिक्रिया दिनुहोस्