Kakhara सबैको खबर सम्पूर्ण खबर
भुकम्पमा परि रुकुम पश्चिमको आठबीसकोटमा मानवीय क्षति 
आठबीसकाेटमा क्षतिग्रस्त घर ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिममा मानवीय क्षति भएको खबरहरु आइरहेका छन् । जिल्लाको आठबीसकोट नगरपालिकामा सबैभन्दा बढी क्षति भएको जानकारी आइरहेको छ । आठबीसकोट नगरपालिका ११ मा ७ जनाको मृत्यु भएको स्थानीय दलजित बिकले जानकारी गराउनुभयो । गोइरीमा एकै घरका सहित ७ जनाको मृत्यु भएको उहाँको भनाई छ । अन्य घरमा पनि मानिसहरु पुरिएको र उद्धार कार्य चलिरहेको उहाँले बताउनुभयो ।

अन्य व्यक्तिहरु पनि हताहतिमा परेका खवरहरु आइरहेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले १० जनाको ज्यान गएको अपुष्ट खवर आएको जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी टोली पुगिरहेको उहाँको भनाई छ । उहाँका अनुसार सानीभेरी गाउँपालिकाको पुर्तिमकाँडामा १ जना च्यापिएको खवर आएपछि प्रहरी टोली पठाइएको छ । वडा नम्बर ४ पनि घरमा मानिसहरु च्यापिएको खबर आएको उहाँको भनाई छ । 

जाजरकाेटकाे रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update