उद्धारमा खटिन पूर्व मन्त्री शर्माको अनुरोध
प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले भूकम्पमा परी घाइतेको उद्धारमा खटिन अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवक बिच समन्वय गरी विपद्मा परेकालाई तत्काल मानवीय सहायता, उद्धार र व्यवस्थापनमा तदारुकताका साथ जुट्न सबैलाई अनुरोध गर्नुभएको हो ।
शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति गरेको छ । क्षतिको विवरण प्राप्त भइरहेको छ । रुकुम पश्चिममा अहिलेसम्म एक दर्जन भन्दा बढीको मृत्यु भएको बताइएको छ । क्षतिको यकिन विवरण भने प्राप्त हुन सकेको छैन ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०३:०२
प्रतिक्रिया दिनुहोस्