रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा स्वर्गिय नरेन्द्र बुढाको शालिक अनावरण गरिएको छ । बुढाको शालिक अनावरण सहित नरेन्द्र स्मृति गेटको उद्घाटन समेत उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शालिक अनावरणका साथै स्मृति गेटको उद्घाटन गर्नुभएको हो । २००७ सालमा जन्मनु भएका बुढाले भारतको बनारसबाट मेट्रिक पास गर्नुभएको थियो । उद्योग, उद्योगि, कृषि, पशुपालनमा सक्रिय बुढा तत्कालिन शासन विरोधि, सांस्कृतिक विकृति विरुद्धको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।
२५ वर्षसम्म नेपाल रेडक्रस सोसाईटीको सदस्य बनेर काम गर्नुभएका बुढाले २०५४ सालमा मानव अधिकार संरक्षण मञ्चको सदस्य, २०४७ देखि मगर संघको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष, २०४६ देखि कम्युनिष्ट राजनिति गर्दै खलंगा सेल कमिटि सदस्य तथा २०५५ देखि जनयुद्धमा पूर्णकालिन सदस्य बनेर लाग्नुभएको थियो । बुढा २०५७ मा जिल्ला जनसरकार सदस्य हुँदै उपप्रमुख समेत बन्नुभएको थियो ।
२०६२ असार देखि बिरामि भएर थलिनुभएका बुढाको २०६२ कार्तिक १७ गते निधन भएको थियो । उहाँको सम्झनामा वडा नं. ६ को नुनथलामा स्मृति गेट निर्माण गरिएको छ । मुसीकोट नगरपालिकाले गेट निर्माण गरेको हो । गेटमा बुढाको शालिक राखिएको छ ।