रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका ३ जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाएको हो । डाक्टर, स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री लिएर आठबीसकोट नगरपालिका पुगेको हेलिकप्टर मार्फत घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।
अन्य ६२ जनाको नगर अस्पताल राडिमै उपचार भईरहेको छ । वडाको ११,१२, १३ र १४ नम्बरमा गरेर नगरपालिकामा ५० जना भन्दा धेरैको मृत्यु भईसकेको शाहले जानकारी दिनुभयो । सुर्खेतबाट आएको १ जना डाक्टर सहित ३ जनाको स्वास्थ्यकर्मीको समुहले नगर अस्पताल उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
शुक्रवार राती जाजरकोटको लामिडाडा केन्द्रविन्दु बनाएर ६•४ रेक्टर स्केलको भुकम्प गएको थियो । जिल्लाको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा ठूलो मानवीय क्षेती पुर्याएको छ । क्षेतीको विवरण संकलन भइरहेको र उद्दार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिका २ का ९ जनाको मृत्यु भएको छ ।