शुक्रबार रातीको भुकम्पबाट घाइते भएका रुकुम पश्चिमका १० जनाई नेपाल एयरलाइन्सको जहाजबाट थप उपचारको लागि नेपालगन्ज पठाएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका १० जनालाई थप उपचारको लागि नेपालगन्ज पठाएको हो । जिल्ला अस्पतालले रेफर गरेपछी थप उपचारको लागि १० जना घाइते र हेरचाहको लागि ७ जना गरेर १७ जनालाई नेपाल एयरलाइन्सको जहाजमा नेपालगन्ज पठाएको मुसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।
अन्य घाइतेको उपचार जिल्लामा अस्पताल सल्ले र आठबीसकोट नगर अस्पताल राडीमा भइरहेको उहाँले जानकारी दिनुभयो । बिहान मात्रै नेपाली सेनाको हेलिकप्टर मार्फत राडिबाट ३ जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको थियो ।
शुक्रवार राती जाजरकोटको लामिडाडा केन्द्र विन्दु बनाएर ६•४ रेक्टर स्केलको भुकम्प गएको थियो ।उक्त भुकम्पले रुकुम पश्चिम ठूलो मानवीय क्षेती पुर्याएको छ । प्रभावित क्षेत्रमा पुगेर क्षेतीको विवरण संकलन कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।