गए राती भएको भुकम्पमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरेर ३८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा आठबीसकोट नगरपालिकाका २८ र सानीभेरी गाउँपालिका १० जना गरेर ३८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबीसकोटबाट गरेर ३० जना उपचार पछि डिस्चार्ज भएका छन । ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारको लागि नेपालगन्ज र सुर्खेतमा रेफर गरिएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
खोजी कार्य जारी रहेकाले थप घाइते र मृत्युको संख्या बढ्न सक्ने उहाँको भनाइ छ । उद्दार र राहतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट हुँदै रुकुम पश्चिमको चौरजहारी अस्पतालमा पुगिसक्नु भएको छ ।
छिमेकी जिल्ला जाजरकोटको रामिडाडामा शुक्रबार राती ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प आएको थियो । सोही भुकम्पका कारण रुकुम पश्चिममा पनि ठुलो मानवीय क्षेती संगै भौतिक संरचनामा क्षेती पुगेको छ ।