Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्प: रुकुम पश्चिममा ५२ को मृत्यु, १ सय ३२ घाइते (मृतकको नाम सहित)
भूकम्पले भत्किएकाे सानीभेरी १ चाइनाबगरकाे एक घर । यसै घरमा एकै घरका ४ जनाकाे मृत्यु भएकाे थियाे ।

शुक्रवार मध्यरातमा जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जिल्लाका आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरी ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जसमा महिला २७ जना र पुरुष २५ जना रहेका छन् । सबैभन्दा बढी क्षति आठबीसकोटमा भएको छ । त्यहाँ २३ महिला र १९ पुरुष गरी ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । सानीभेरीमा १० जनाको मृत्यु भएको छ । महिला ४ र पुरुष ६ गरी १० जनाको मृत्यु भएको डिएसपी भट्टराईले जानकारी गराउनुभयो । 

त्यस्तै भूकम्पमा परी १ सय ३२ जना घाइते भएका छन् । जसमा महिला ६९ जना र पुरुष ६३ जना रहेको प्रहरीले जनाएको छ । घाइते मध्य ३६ जनालाई रिफर गरिएको छ । उनीहरू मध्य कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ७ महिला र ५ पुरुष गरी १२ जना, भेरी अञ्चल अस्पताल नेपालगन्जमा ८ महिला र ११ पुरुष गरी १९ जना र काठमाडौँमा ६ महिलाको उपचार भइरहेको प्रहरीको भनाई छ । 

जिल्लामा अहिले १४ जनाको उपचार भइरहेको छ । आठबीसकोट नगर अस्पतालमा २ महिला र २ पुरुष, चौरजहारी अस्पतालमा ३ महिला ३ पुरुष र जिल्ला अस्पताल सल्लेमा ३ महिला र १ जना पुरुषको उपचार भइरहेको बताइएको छ । जिल्लामा भएको भौतिक क्षतिको भने विवरण आइसकेको छैन । सबैभन्दा बढी क्षति आठबीसकोट र सानीभेरी गाउँपालिकामै भएको छ ।

371494172_1872675733150216_1092805709889625520_n1699150128.jpg

370246185_870664444281125_6238105525847815501_n1699150127.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update