भूकम्प पीडितलाई अमेरिकाबाट मनराजको राहत
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले भूकम्प पीडितका लागि गाउँपालिकालाई राहत हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाका भूकम्प पीडितलाई राहत मिलोस भनेर १० क्विन्टल चामल, १ सय केजी दाल, १ सय लिटर तेल, १ सय पोका नुन, १ सय केजी चिउरा, १५ कार्टुन चाउचाउ, १० कार्टुन बिस्कुट, १२ वटा त्रिपाल र २५ वटा ब्लाङकेट गाउँपालिका मार्फत पीडितलाई प्रदान गर्नुभएको हो । सरकार मार्फत एकीकृत रुपमा राहत वितरणका लागि गाउँपालिकालाई उक्त सामग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०८:३१
प्रतिक्रिया दिनुहोस्