नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा सहितको टोली भूकम्प प्रभावित क्षत्रमा आउने भएको छ । मुख्यमन्त्री शर्मा शनिवार पनि घटनास्थलमा पुग्नुभएको थियो । तर उहाँ धेरै ठाउँमा जान पाउनुभएको थिएन । आज उपप्रधानमन्त्री सहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षत्रमा पुग्ने कार्यक्रम रहेको मुख्यमन्त्री शर्माले जानकारी गराउनुभयो ।
त्यस्तै कर्णाली प्रदेशले २ जना मन्त्रीलाई जाजरकोट र रुकुम पश्चिममा खटाएको छ । जाजरकोटमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र रुकुम पश्चिममा आन्तरिक मामिला तथा योजना मन्त्री कृष्णबहादुर जिसीलाई जिम्मा दिएर पठाइएको मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो । उहाँहरू भूकम्प प्रभावित सबै क्षत्रमा पुग्ने बताइएको छ ।