Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्पबाट घाइतेकाे उपचार सरकारले नि:शुल्क गर्ने
रुकुम पश्चिमकाे आठबीसकाेट नगर अस्पतालमा उपचाररत घाइतेकाे अवस्था बुझ्दै प्रधानमन्त्री प्रचण्ड ।

सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उहाँले भन्नुभयाे । निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी उहाँले दिनुभयो ।खाद्यान्न वितरण आजदेखि हुनलागेको र कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update