माैनधारण
भूकम्पकाे क्षतिकाे शाेकमा नेपाली क्रिकेट खेलाडीले गरे माैनधारण
आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।
भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् । यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।
ओमानविरद्धको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय गर्दै ओमानलाई बलिङको निम्तो दिएका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:३४
प्रतिक्रिया दिनुहोस्