भूकम्प पीडितका लागि अमेरिकाबाट हरिकाे सहयाेग
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्माका हरि खत्रीले भूकम्प प्रभावितको लागि सहयोग गर्नु भएको छ । भुकम्पमा परी ठुलो जनधनको क्षतिको सामना गरेका पीडित परिवारलाई राहत सहयोग गर्नु भएको हो ।
कात्तिक १७ गते को मध्यरातमा गएको भुकम्पमा परेर मानवीय तथा भौतिक क्षतिको सामना गरेका जिल्लाको सानीभेरी गाउँपालिका तथा आठबिसकोट नगरपालिका र जाजरकोट जिल्लाको लागि पाँच लाख बराबरको राहात सहयोग गर्नु भएको छ ।
सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकालाई समान दुई/दुई लाख बराबरको राहत सहयोग गर्नुभएको छ भने जाजरकोट जिल्लाको लागि एक लाख बराबरको राहात सहयोग गर्नु भएको हो । खत्री हाल अमेरिकामा हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ०७:१८
प्रतिक्रिया दिनुहोस्