सानीभेरी र आठबीसकोटमा रेडक्रसको राहत
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले भूकम्प पीडितका लागि राहत प्रदान गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा विभिन्न गैरखाद्य राहत सामग्री प्रदान गरेको रेडक्रस रुकुम पश्चिमले जनाएको छ । दुवै स्थानीय तहलाई समान रुपमा ३ सय पिस त्रिपाल, ३ सय पिस कम्बल, ३ सय पिस म्याड र २ सय पिस डोरी हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष यज्ञ खत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ०९:१७
प्रतिक्रिया दिनुहोस्