काभ्रेको खानीखोलाका जनप्रतिनिधि र कर्मचारीले ५ दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने
काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ दिनको तलब रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितका लागि सहयोग गर्ने भएका छन् । मंसिर महिनाको जनप्रतिनिधिको सेवा सुविधा र कर्मचारीको तलब भत्ताबाट ५ दिन बराबरको रकम स्थानीय तहको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ । राहत र पुनस्र्थापनाका लागि दामासाही तरिकाले सम्बन्धीत स्थानीय तहको कोषमा रकम पठाउने निर्णय भएको गाउँपालिकाका लेखापाल बमकाजी शिर्पालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ०९:४४
प्रतिक्रिया दिनुहोस्