सानीभेरी गाउँपालिका: जनप्रतिनिधिकाे १ महिना र कर्मचारीको ५ दिनको तलब भूकम्प पीडितलाई
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिले १ महिनाको सेवा सुविधा भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । त्यस्तै कर्मचारीले ५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् । पीडितको राहतको लागि जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा बापतको रकम र पालिकामा कार्यरत कर्मचारीहरूको तहगत हिसाबले ५ दिनको सेवा तलब बराबरको रकम गाउँपालिकाको प्रकोप विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँ कार्यपालिकाकाले निर्णय गरेको गाउँ कार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्