रुकुम पश्चिम: भूकम्पबाट मृत्यु हुने मध्य २८ बालबालिका
रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाउने मध्य आधा भन्दा बढी बालबालिका रहेका छन् । जिल्लामा २८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा भूकम्पमा परी कुल ५२ जनाको मृत्यु भएकामा आधा भन्दा बढी बालबालिका रहेका हुन् । २९ जना मध्ये बालक १७ र बालिका ११ जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । मृत्यु हुनेमा ६० वर्ष माथिका ५ जना रहेको उहाँको भनाई छ । ५२ जना मध्य अन्यमा ११ महिला र ८ पुरुष रहेको डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १४:१३
प्रतिक्रिया दिनुहोस्