रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित ३ वटा वडामा राहत सामग्री वितरणलाई तीव्रता दिएको छ । पालिकाको वडा नम्बर १, २ र ४ का भूकम्प पीडितलाई राहत वितरणमा तीव्रता दिइएको हो । हालसम्म प्रभावित ३ वटा वडामा १ सय ४३ त्रिपाल, म्याट २ सय, कम्बल २ सय २५ थान, डोरी २ सय रोल, चामल ८ सय ७५ किलो बाँडिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
त्यस्तै १ क्विन्टल दाल, १ सय ५० लिटर तेल, नुन ८२ किलो, चिउरा ६ बोरा, बिस्कुट २८ पेटी र चाउचाउ १ सय ११ पेटी राहतको रूपमा पीडितलाई वितरण गरिएको प्रवक्ता घर्तीले जानकारी दिनुभयो । हालसम्म सानीभेरी गाउँपालिकालाई विभिन्न ११ संघ संस्था तथा व्यक्तिले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । सहयोग आउने क्रम जारी रहेको र पीडितलाई राहत वितरणको काम पनि चलिरहेको प्रवक्ता घर्तीको भनाई छ । सानीभेरीमा भूकम्पमा १२ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा पनि ठुलो पुगेको छ ।