डाक्टर पुनद्वारा विपद् व्यवस्थापन कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयाेग
खलङ्गामा रहेको साझा मुरा अस्पतालका निर्देशक डाक्टर दीपक पुनले भूकम्प पीडितका लागि सहयोग गर्नुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । भूकम्प पीडितको राहत, उपचार र पुनर्निर्माणका लागि सहयोग पुगोस् भनेर आफूले सकेको सहयोग गरेको डाक्टर पुनले जानकारी दिनुभयो । साथै उहाँले दुःखको यस घडीमा सहयोगका लागि सबैलाई अनुरोध गर्नुभएको छ । ‘सबैले सहयोग गर्नुहोला एक थुकी सुकी, सय थुकी नदी हुन्छ’ उहाँले भन्नुभयो । उहाँले यसअघि नै भूकम्पका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ०६:४०
प्रतिक्रिया दिनुहोस्