भवनमा क्षति पुगेपछि रेडियो समावेशी आवाज टेन्टबाट सञ्चालन
शुक्रवार गएको भूकम्पले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ झुल्नेटाबाट सञ्चालनमा रहेको रेडियो समावेशी आवाज १०२ मेगाहर्जको भवनमा पूर्ण रूपमा क्षति पुगेको छ । भवनमा पूर्ण रूपमा क्षति भएपछि भवन नजिकै टेन्ट निर्माण गरेर रेडियोको प्रसारण सुरु गरिएको छ ।
भूकम्पले भवन पूर्ण रूपमा क्षति हुनुका साथै वायरिङ, २ वटा कम्प्युटर लगायत भवनभित्र रहेका अन्य सामग्रीमा समेत क्षति पुगेको स्टेसन मेनेजर गोपाल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार किवानी युवा क्लबको आर्थिक सहयोग तथा व्यवस्थापनमा टेन्टबाट रेडियोको सेवा सुरु गरिएको हो । आर्थिक अभाव भएकाले भवन पुनः निर्माण नहुन्जेल टेन्टबाटै रेडियो सञ्चालन गरिने स्टेसन मेनेजर ओलीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्