Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका १९ सय बढी भूकम्प प्रभावितलाई राहत वितरण
भूकम्प प्रभावितलाई राहत प्रदान गरिदै ऽ

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा राहत वितरण गरिएको छ । आज नगरपालिकाका १४ वटै वडामा राहत वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारबाट प्राप्त भएका विभिन्न प्रकारका राहत सामग्री वितरण गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शैलेशकुमार शर्माले जानकारी दिनुभयो । 

नगरपालिकाले सबै १४ वटै वडामा गरी १ हजार ९ सय २५ परिवारलाई त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरेको हो । भूकम्प प्रभावितलाई वडा वडामा बोलाएर राहत बाँढिएको नगरपालिकाले जनाएको छ । एकद्धार प्रणालीमा राहत वितरण गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update