Kakhara सबैको खबर सम्पूर्ण खबर
मेराे माइक्राेफाइनान्सद्वारा दुर्गाकाे परिवारलाई किरिया खर्च प्रदान
किरिया खर्च प्रदान गरिदै ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पत स्थित दुर्गा परियारलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिडेट कालिमाटी जाजरकोट शाखाले २५ हजार  रुपैयाँ सहयोग गरेको छ ।

कल्पत गाउँ  स्थित मेरो कल्पत महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य दुर्गा परियारका दुई छाेराकाे गत १७ गतेको बिनाशकारी भुकुम्पमा परी मृत्यु भएपछि किरिया खर्च स्वरूप उक्त रकम प्रदान गरिएकाे हाे । अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भन्डारीले पीडित परिवारलाई रकम हस्तान्तरण गरेकाे शाखा प्रबन्धक प्रेमबहादुर बिकले जानकारी दिनुभयो ।

सदस्य दुर्गाले २०७८ देखि मेरो माइक्रोफाइनान्स कालिमाटी शाखा अन्तर्गत समूहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको हाे । 

मेरो माइक्रोफाइनान्सले देशका ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update