इन्द्रेणी फाउन्डेसनद्वारा आठबीसकाेट नगरपालिकालाई ५ लाख सहयाेग
इन्द्रेणी फाउण्डेसन काठमाडाैँले भूकम्प प्रभावित क्षेत्रको लागि पाँच लाख सहयोग गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको लागि पाँच लाख सहयोग गरेको हो । भूकम्प प्रभावित क्षेत्र आठबीसकोटमा पुगेर इन्द्रेणी परिवारले पाँच लाखको चेक नगरपालिकालाई बुझाएको छ ।
नगरपालिकामा पुगेर नगर उपप्रमुख धनकुमारी शाहीलाई चेक हस्तान्तरण गरिएको इन्द्रेणी फाउण्डेसन काडमाण्डौँका व्यवस्थापक कृष्ण कँडेलले जानकारी दिनुभयो । अहिले नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा भएको उक्त रकम पुनर्निर्माणमा खर्च हुने नगरपालिकाले जनाएकाे छ । कात्तिक १७ गते राति गएको भूकम्पले आठबीसकोट नगरपालिकामा ठुलाे मानवीय र भौतिक क्षति गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० २१:१९
प्रतिक्रिया दिनुहोस्