नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पुर्वले भुकम्प प्रभावित दुई जिल्लालाई आर्थिक सहयोग गरेको छ । दुबै जिल्लामा सहयोग पुग्ने गरी नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पुर्वले आर्थिक सहयोग गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पुर्व मार्फत सहयोग साेमबार प्रभावित जिल्लामा सहयाेग पठाइएकाे संगठनका अध्यक्ष दिनेश ओलीले जानकारी दिनुभयो । उक्त रकम रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा मार्फत पठाइएकाे ओलीले बताउनुभयाे ।
राहत र पुनर्निर्माणका लागि ५० हजार १ सय रकम हस्तान्तरण गरिएको बताइएकाे छ । अध्यक्ष ओलीका अनुसार रुकुम पुर्वमा कार्यरत कर्मचारीहरुले स्वैछिक रुपमा जम्मा गरेको रकम भुकम्प प्रभावित क्षेत्रका लागि हस्तान्तरण गरिएको हो ।
शुक्रबार राती जाजरकोट रामिडाडा केन्द्र विन्दु भएर ६ दशमलव ४ रेक्टर स्कुलको भुकम्प गएको थियो । सोही भुकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षति संगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।