रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सुरु भएको छ । नगर प्रमुख देविलाल गौतमले आज एक कार्यक्रमका विच पहिलो राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो नगर प्रमुख अतिरिक्त क्रियाकलापको उद्घाटन गर्नुभयो । शिल्डमा कक्षा ९ देखि १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरुको सहभागिता रहेको छ । भने अतिरिक्त क्रियाकलापमा १ देखि ८ सम्मका विद्यालयका विद्यार्थीहरुले भाग लिएका छन् । शिल्डमा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय र ३ हजार मिटरको दौडमा छात्र छात्रा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
छात्र, छात्रा तर्फ ४ इन्टु १ सय मिटर रिले दौड पनि संचालन हुने छ । त्यस्तै सटफुट, हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो, भलिबल, मार्सलआर्ट अन्तरगत विभिन्न विधामा समेत छात्र छात्रा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने शिल्ड आयोजक समितिका सदस्य नरवहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अतिरिक्त क्रियाकपाल अन्तरगत हाजिरी जवाफ, हिज्य, वस्तु पहिचान, गणित दौड, चम्मा रेश, कुर्सि रेस, लोक गित, वक्तृत्वकला लगायतका स्पर्धामा प्रतिस्पर्धा हुने छ । शिल्डमा नगरका १९ र अतिरिक्त क्रियाकलापमा ३७ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
शिल्ड अन्तरगतका खेलहरु केहि बराहटाकुरा टुडिखेल, केहि विजयश्वरी वोडिङ स्कुल र केहि यमुना नन्द नमुना मावि शेरिगाउँमा हुने सदस्य ओलीले बताउनुभयो । शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप चैत्र ३१ गतेसम्म संचालन हुने छ ।