Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिम: सोमबारको भूकम्पमा १० घाइते

सोमवार बेलुका गएको भूकम्पमा परी रूकुम पश्चिममा १० जना घाइते भएका छन् । बेलुका ४ बजेर ३१ मिनेटमा पुनः जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएका थियो । सोही भूकम्पमा परी आठवीसकोट नगरपलिकामा ६ जना र चौरजहारी नगरपालिका ४ जना गरेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

घाइते हुनेमा आठबीसकोट १२ का २२ वर्षीय सुरज विक, ५५ वर्सिया सिमली कामी, वडा नम्बर ११ का १९ वर्सिया सुवासना आग्री, ११ कै २२ वर्सिया मनिषा चन्द र ३७ वर्षीय विरबहादुर पुन रहेका छन् । उनीहरुको नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।

त्यस्तै चौरजहारी नगरपालिका ७ का ३१ वर्षीय उदयराज कामी, १५ वर्सिया लक्ष्मी नेपाली, वडा नम्वर २ की ३४ वर्सिया विष्नी राना, वडा नम्बर १२ की ३८ वर्सिया सीता जैसी र आठबीसकोट नगरपालिका ११ का ४७ वर्षीय प्रेमबहादुर पुन पनि घाइते भएका छन् । उनीहरुको चौरजहरी अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update