Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकालाई युनेस्कोकाे सहयाेग  
राहत सामग्री हस्तान्तरण गरिदै ।

रुकुम पश्चिमले त्रिवेणी गाउँपालिकालाई राहत सामग्री सहयोग गरेको छ । गाउँपालिकाको लागि युनेस्कोले विभिन्न राहत सामग्री सहयोग गरेको हो । भूकम्प प्रभावित क्षेत्र त्रिवेणी गाउँपालिकाको कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गरिएको युनेस्को जिल्ला सचिव सर्वजित् ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका अध्यक्ष गणेश कुमार केसीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । 

युनेस्कोले पालिकालाई २० वटा त्रिपाल, १५ वटा म्याट, २ रोल पी फम, १ ओटा ह्विलचियर लगायत अन्य राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ। गाउँपालिकाको विपद् व्यवस्थापन शाखामा सामग्री राखिएको र आवश्यकताका आधारमा भूकम्प पीडित परिवारलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ । गत शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा ठुलो क्षति गरेकाले सबैलाई सहयोग गर्न त्रिवेणी गाउँपालिकाले अपिल गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update