Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा ३ हजार बढी घरमा क्षति गाउँपालिकाद्वारा सहयोगको याचना 

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण रुकुम पश्चिमको त्रिवेणीमा पनि भौतिक संरचनामा क्षति पुगेको छ । पालिकामा करिब ३ हजार बढी घरहरुमा क्षति पुगेको हो । त्रिवेणीका दश वटै वडाका वडाध्यक्षहरूले क्षतिको विवरण गाउँपालिकामा बुझाएका छन् । सोही आधारमा पालिकामा ३ हजार बढी घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण आएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।

यो प्रारम्भिक विवरण भएकाले क्षतिको विवरण अझै बढ्न सक्ने उहाँले बताउनुभयो । केही घर बस्नै नमिल्ने गरी क्षति भएका छन् । भने केही चर्किएका छन् । मानवीय क्षति नभए पनि भौतिक संरक्षणमा ठुलो क्षति भएकोले त्रिवेणीमा पनि राहतको आवश्यकता रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । तत्कालका लागि गाउँपालिकाले ३ सय ७२ थान त्रिपाल वडाहरूमा पठाएको छ ।

सङ्घीय सरकारले उपलब्ध बनाएको ३ सय थान र गाउँपालिका विपत् व्यवस्थापन कोषबाट ७२ थान गरेर ३७२ थान त्रिपाल पहिलो चरणको रूपमा वडाहरूमा पठाएको र प्राथमिकताका आधारमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्राकृतिक प्रकोप व्यवस्थापन खाता खोली सहयोगको लागि अपिल गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update