Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावितका लागि अमेरिकाबाट आर.सी.को १५ लाख सहयोग 
खड्काले सहयाेग गरेका राहत सामग्री ।

भूकम्प प्रभावितका लागि एकै व्यक्तिले १५ लाख बराबरको राहत सामग्री सहयोग गरेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका घर भई हाल अमेरिकामा रहनुभएका ऋषिराम खड्का (आर.सी)ले भूकम्प प्रभावितका लागि १५ लाख बराबर सहयोग गर्नुभएको छ । खड्काले सानीभेरीका प्रभावितका लागि ३ सय थान त्रिपाल र २ सय थान ब्लाङकेट सहयोग गर्नुभएको हो । १० लाख बराबरका यी राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको खड्काले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित गाउँपालिकावासीलाई सानो भएपनि सहयोग पुगोस भनेर सकेको सहयोग गरेको उहाँले बताउनुभयो । खड्काले थप ५ लाखको सामग्री हस्तान्तरण गर्ने तयारीमा रहेको बताउनुभयो । `थप सामग्री किनेर गाउँपालिकातिर पठाइसकिएको छ,´ उहाँले भन्नुभयो `सबै सामग्री एकै ठाउँमा किन्न पाइएपछि सबै सामग्री सँगै नपुगेको हो ।´ थप २ सय पिस त्रिपाल सानीभेरी पुग्दै गरेको र पुगेपछि पालिकालाई हस्तान्तरण गरिने खड्काले जानकारी दिनुभयो ।

३ सय पिस त्रिपाल र २ सय पिस ब्लाङकेट भने गाउँपालिकामा हस्तान्तरण भइसकेका छन् । ति सामग्री वितरणको चरणमा रहेको गाउँपालिकाले छ । एकद्धार प्रणाली मार्फत राहत वितरण भइरहेकोले राहत सामग्री सहयोग गर्न चाहनेले कि विपत् व्यवस्थापन समिति कि स्थानीय तहमा राहत बुझाउनुपर्ने हुन्छ । खड्काले यस अघि पनि समस्यामा रहेका विभिन्न व्यक्ति तथा संस्थालाई नगद, जिन्सी सामग्री सहयोग गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update