Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम प्रशासनले भन्याे जिल्लामा एक थान पनि साेलार आएकाे छैन

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रचार गरिएजस्ताे जिल्लामा राहत स्वरूप एक थानपनि सोलार सामग्री नआएको जनाएको छ । एक राष्ट्रिय दैनिक प्रत्रिकामा विभिन्न सहयोगी निकायबाट सङ्कलन गरी जाजरकोटका लागि पठाइएका ३ सय थान सोलार सामग्री बोकेको ट्रक पूर्व मन्त्री जनार्दन शर्माको निर्देशनमा रुकुम पुर्‍याई आठबीसकोट नगरपालिकामा वितरण गरिएको भनिएको थियो ।

यो समाचारले कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । यसमा कुनै सत्यता नभेटिएकाे प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाचारमा उल्लेखित सामग्रीको वितरणको सम्बन्धमा कार्यालयमा कुनै अभिलेख नरहेको प्रशासनले स्पष्ट पारेको छ ।

साथै सम्बन्धित स्थानीय तह आठविसकोट नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा समेत उक्त सामग्री वितरण नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा विभिन्न निकायबाट प्राप्त राहत सामग्रीहरूको वितरण जिल्ला प्रशासन कार्यालयमा अभिलेख राखी सम्बन्धित स्थानीय तहहरूमा वितरणका लागि पठाउने गरिएको समेत प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले यस्ता भ्रामक समाचार सम्प्रेषण नगर्न भनेको छ भने सम्बन्धित निकायबाट आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न भनेको छ ।  

370211689_949540336771329_487468843486378823_n1699512008.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update