पालबाट सञ्चालन भइरहेको रेडियो समावेशी आवाज अब टेन्टमा
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ झुल्नेटाबाट सञ्चालित रेडियो समावेशी आवाज आज देखि टेन्टबाट सञ्चालनमा आएको छ । गत शुक्रवार राति आएको भूकम्पले रेडियोको घरमा पूर्ण रूपमा क्षति गरेपछि रेडियो पालबाट सञ्चालनमा थियो । पालबाट सञ्चालन गर्दा शीत चुहिने लगायतका समस्या रहेकामा टेन्ट पाएपछि भने केही सहज भएको रेडियोको स्टेसन मेनेजर गोपाल ओलीले जानकारी दिनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिले रेडियोलाई टेन्ट उपलब्ध गराएको हो । रेडियो कार्यरत पत्रकार तथा कर्मचारी भने अहिले पनि त्रिपाल मुनि रहेको ओलीको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० २०:१०
प्रतिक्रिया दिनुहोस्