Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प पीडितलाई सिद्धार्थ बैङ्कको राहत 

सिद्धार्थ बैङ्कले भूकम्प पीडितका लागि राहत सहयोग गरेको छ । बैङ्कले जिल्ला विपत् व्यवस्थापन समिति मार्फत चार सय ७५ घर भूकम्प पीडितहरूलाई राहत सहयोग गरेको हो । प्रति परिवार २५ केजीको एक बोरा चामल, दुई केजी दाल, दुई लिटर तोरीको तेल, एक केजी नुन र पाँच सय ५० ग्राम मसला जिल्ला प्रशासन कार्यालयको रोहबरमा सानीभेरी गाउँपालिकालाई हस्तान्तरण गरिएको सिद्धार्थ बैङ्कका मुसिकोट शाखा प्रबन्धक ओपेन्द्र विष्टले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयले उपलब्ध गराएको ११ हजार आठ सय ७५ केजी चामल, नौ सय ५० केजी दाल, नौ सय ५० लिटर तोरीको तेल, चार सय ७५ केजी नुन, २३ केजी जिरा मसला, ९५ केजी धनिया मसला, ९५ केजी हल्दी पाउडर र चार सय ७५ केजी खुर्सानी पाउडर सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टलाई हस्तान्तरण गरिएको शाखा प्रबन्धक विष्टले जानकारी दिनुभयो ।    

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update