Kakhara सबैको खबर सम्पूर्ण खबर
हिमालयन बैङ्कद्वारा जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत प्रदान 
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालाई राहत प्रदान गर्दै शाखा प्रमुख नारायण पाण्डे ।

हिमालयन बैङ्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत प्रदान गरेको छ । बैङ्कले दुई जिल्लाका लागि गरी २१ लाख बराबरका राहत सामग्री प्रदान गरेको जनाएको छ । दाल, चामल, नुन तेल लगायतका खाद्यान्न सामग्री खरिद गरी दुई वटै जिल्लालाई हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई कार्तिक २१ गते र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई कार्तिक २२ गते राहत सामग्री हस्तान्तरण गरिएको हिमालयन बैङ्कको मुसिकोट शाखाले जनाएको छ । रुकुम पश्चिममा मुसिकोट शाखा प्रमुख नारायण पाण्डेले सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवाललाई सामग्री हस्तान्तरण गर्नुभयो ।  

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update