नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावितका लागि विभिन्न प्रकारका राहत सामग्री प्रदान गरेको छ । रुकुम पश्चिमका सबै स्थानीय तहमा रेडक्रसले राहत सामग्री उपलब्ध गराएको हो । उसले ३ हजार ६ सय ८० थान त्रिपाल, कम्बल, म्याट र डोरी प्रदान गरेको छ । त्यस्तै ९ सय १५ थान डिगनिटी किट र ७५ थान हाइजिन किट उपलब्ध गराइएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले आठबीसकोट र सानीभेरीका लागि समान ३ सय थान त्रिपाल, कम्बल, म्याट र डोरी तथा ४ सय २० थान डिगनिटी किट उपलब्ध गराएको छ । त्यस्तै त्रिवेणी गाउँपालिकाका लागि १ सय ४० थान त्रिपाल, १ सय ४० लान कम्बल, १ सय थान म्याट, १ सय थान डोरी, २५ थान हाइजिन किट र २५ थान डिगनिटी किट उपलब्ध गराइएको छ ।
मुसिकोट र चौरजहारीका लागि भने सामान एक सय थान त्रिपाल, कम्बल, म्याट, डोरी र समान २५ थान हाइजिन किट तथा डिगनिटी किट उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतमले जानकारी दिनुभयो ।