भूकम्प प्रभावितलाई लक्षु स्मृति क्लबको सहयोग
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ झिमखोलामा रहेको शहिद महेन्द्र लक्षु स्मृति क्लबले भूकम्प प्रभावितको लागि सहयोग गरेको छ । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट प्रभावित भएका आठबिसकोट नगरपालिकाका प्रभावित परिवारलाई सहयोग गरेको हो । थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको क्लबका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो । शुक्रकार नगरपालिकामा पुगेर नगर प्रमुख रबि केसीलाई ४० हजार बराबरको राहत हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १३:५०
प्रतिक्रिया दिनुहोस्