जनार्दन शर्माले यसवर्षकाे भाईटीका नलगाउने
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने हुनुभएकाे छ । जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले आफूले भाइटीका नलगाउने निर्णय गरेको उहाँको भनाइ छ । फेसबुक मार्फत उहाँले यसबारे जानकारी गराउनुभएकाे छ ।
जाजरकाेटकाे रामिडाँडा केन्द्र भएर कार्तिक १७ गते राति गएको भूकम्पबाट १५४ जनाको ज्यान गएको थियो । यस वर्षको भाइटीका आगामी बुधबार परेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८० २२:०४
प्रतिक्रिया दिनुहोस्