रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ लिङुरमा गठित समाज रुपान्तरण युवा समुहले देउसीभैलो खेलेर संकलन भएको रकम दिर्घरोगीलाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकम २ जना दिर्घरोगीलाई सहयोग गरेको हो । तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकम मध्यबाट केही रकम दुई जनालाई दिर्घरोगीलाई नगद सहयोग गरिएको समाज रुपान्तरण युवा समुहका अध्यक्ष सर्वजित खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुसीकोट नगरपालिका वडा नम्बर ९ लिङ्गुरकि फोक्सो क्यान्सर पानसरीदेबि बुढामगर र वडा नम्बर ७ कि दुबै मृगौला फेल भएकी कविता पाण्डेलाई ५÷५ हजारका दरले नगद रकम हस्तान्तरण गरिएको हो । बुढामगरको चितवन क्यान्सर अस्पताल र पाण्डेको टिचिङ अस्पताल काठमाडौँमा उपचार भइरहेको परिवारले जनाएको छ ।
देउसीभैलो खेलेको रकम फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य अन्तर्गत सहयोग गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । अन्य देउसीभैलो खेलेर जमा भएको रकम समुहमै बचत रहेको समुहले जनाएको छ ।