संगसंगै नेपाल कञ्चनपुरले भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग गरेको छ । रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाका भूकम्प प्रभावितलाई संगसंगैले विभिन्न राहत सामग्री सहयाेग गरेकाे हाे । नगरपालिकामै पुगेर संस्थाका सचिव हिमेश थापा र काेषाध्यक्ष रूपेश विकले डसना, सिरक, सेनेटरी प्याड, हात धुने साबुन, बाल्टी र जग नगरपालिकालाई राहत हस्तान्तरण गर्नुभयाे । नगर प्रमुख रबि केसीले उक्त सामग्री ग्रहण गर्नुभएको थियाे ।
भूकम्म पीडितकाे घाउमा थाेरै भएपनि मलहम लगाउन सकेकाे सहयाेग गरेकाे संगसंगै नेपालका अध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । सबैकाे ध्यान खाद्यान्न, त्रिपाल, टेन्ट लगायतमा गइरहेकाे अवस्थामा ओझेलमा परेका महिला, बालिका, किशाेरी तथा युवतीका लागि सेनेटरी प्याडकाे व्यवस्थापन गरेकाे उहाँकाे भनाई छ । थप सहयाेगका लागि पनि विभिन्न निकायसँग पहल भइरहेकाे उहाँले बताउनुभयाे ।
केही रकम सहयाेग स्वरूप जुटाएकाे र बाँकी रकम आफूहरूले व्यक्तिगत रूपमा उठाएर राहत सामग्रीकाे व्यवस्थापन गरेकाे उहाँले बताउनुभयाे ।