Kakhara सबैको खबर सम्पूर्ण खबर
भ्रष्टाचारी र दलाल सरकार देखि आत्तिएका छन्ः प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार देखि भ्रष्टाचारी र दलालहरु आत्तिएको बताउनुभएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ को मैकोटमा आयोजित मइँ छिउ सगराँत उत्सवलाई सम्बोधन गर्दै सरकार सुशासनको पाटोमा कडा रुपमा प्रस्तुत भएका कारण भ्रष्टाचारी र दलाहरु आत्तिएको बताउनुभएको हो । उनीहरुले यो गठनबन्धनलाई कमजोर बनाएर सरकारलाई ढाल्न सकिन्छ कि भनेर केही तत्वहरु लागि परेको बताउँदै उहाँले उनीहरुको सपना पुरा नहुने बताउनुभयो ।

नेपालको इतिहासमा पहिलो पटक आफू नेतृत्वको सरकार सुशासनको पक्षमा दह्रोसंग उभिएको समेत उहाँले दाबी गर्नुभयो । यो सरकार समग्रमा सफताको बाटोमा अग्रसर रहेको उहाँको भनाई छ । अन्तराष्ट्रिय सम्बन्ध सुधार, सीमा विवाद समाधान, सुशासन, सामाजिक सुरक्षा, मिटरब्याजीको चंगुलबाट गरिबलाई मुक्त गर्ने लगायतका पक्षबाट यो सरकार सफल रहेको उहाँले बताउनुभयो ।

साथै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष टिक्ने समेत दाबी गर्नुभयो । त्यस्तै उहाँले युद्धकै बेलामा आफूले शिलान्यास गरेको सहिद मार्गलाई पूर्णता दिने र स्तरोन्नती गर्ने र आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सुरुवात भएको मध्यपहाडी लोकमार्गलाई पूर्णता दिन सरकारले विशेष ध्यान दिएको पनि उहाँले स्पष्ट पार्नुभयो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update