Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि संकलन केन्द्र प्रयोगविहिन

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको एक भवन प्रयोग बिहिन भएको छ । वडामा रहेको कृषि संकलन केन्द्रको भवन प्रयोग बिहिन भएको हो । वडामा उत्पादन गरिएका वस्तुलाई संकलन गरी अन्य ठाउँमा पठाउने उद्देश्यले उक्त भवन निर्माण गरिएको थियो । 

गाउँपालिकाको २० लाख रुपैयाँमा उपभोक्ता समिति मार्फत २०७६ सालमा निर्माण गरिएको भवन अझै प्रयोगमा आउन सकेको छैन । २ वर्षसम्म कृषि संकलन केन्द्रको भवन प्रयोग नहुँदा किसानहरुलाई समस्या भएको छ ।
किसानले उत्पादन गरेको वस्तुले बजार नपाउँदा समस्या भएको हो ।

वडा मै  रहेको कृषि संकलन केन्द्रको भवन  सञ्चालन नहुँदा आफुहरुले उत्पादन गरेको सामान डोकामा बोकेर जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट  रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा सम्म पुर्याउनु पर्ने बाध्यता अझै उस्तै रहेको कृषकहरुको भनाई छ । 

सिस्ने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिङ थापाले भने चिस्यान केन्द्र सञ्चालन भयो भने मात्र संकलन केन्द्र सञ्चालनमा आउने बताउनु भयो । अहिले सम्म वडामा चिस्यान केन्द्र नबनेको हुँदा कृषि संकलन केन्द्र सञ्चालनमा नआएको उहाँको भनाई छ । वडामा चिस्यान केन्द्र निर्माण भयो भने कृषि संकलन केन्द्र सञ्चालनमा याउने अध्यक्ष थापाको भनाई छ ।


 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update