Kakhara सबैको खबर सम्पूर्ण खबर
बेइज्जती मुद्दामा फरार एक महिला पक्राउ 

रुकुम पश्चिमा बेइज्जती मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन । जिल्लाको मुसिकोट नगरपालिका ११ की ३६ बर्सिया सिता ओलीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । २०७६ साल जेठ १९ गते जिल्ला अदालतले ओलीलाई बेइज्जती मुद्दामा ६ महिना कैद र ३ हजार जरिवानाकाे फैसला सुनाएको थियो ।

त्यसयता फरार रहेकी ओलीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लुकीछिपी घरमै बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

कैद सजाय र जरिवाना असुल उपरको लागि जिल्ला अदालत उपस्थित बनाई अदालतको आदेश अनुसार ओलीलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update