Kakhara सबैको खबर सम्पूर्ण खबर

छेलो अर्थात सटफुटले निधारमा लागेपछि एक छात्रा घाइते भएकी छिन् । मुसीकोट नगरपालिकाले सञ्चालन गरिरहेको पहिलो राष्ट्रपति रनिङ शिल्डमा भएको सटफुट प्रतियोगितामा यमुनानन्द नमूना माविको कक्षा ८ कि १३ वर्षीया नविना पौडेललाई चोट लागेको छ । आइतबार दिउँसो एक जना छात्रले सटफुट फाल्दा तोकिएको क्षेत्र भन्दा बाहिर गएर पौडेलको निधारमा चोट लागेको थियो ।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । प्रारम्भिक उपचारका क्रममा भित्रै सम्म चोट लागेको हुन सक्ने भन्दै थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । उक्त सटफुट १६ पाउण्डको हो । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update