रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित विविध खेलकुद सम्पन्न भएको छ । परम्परागत रूपमा लाग्दै आएको बेल्टापु मेलामा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । मेलामा खुला वडा स्तरीय महिला पुरुष भलिबल, पुरुष फुटबल साथै खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएका थिए ।
भलिबल तर्फ पुरुषमा बुधवार भएको फाइनलमा सानीभेरी गाउँपालिका वडा नम्बर ३ प्रथम भएको छ । सानीभेरी ४ लाई २-३ को सेटमा पराजित गदै सानीभेरी ३ प्रथम भएको हो । प्रथम भएको सानीभेरी ३ ले नगद १ लाख २५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने द्वितीय भएको सानीभेरी ४ ले नगद ७५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेलकुद समितिले जानकारी दिएको छ ।
त्यस्तै सान्त्वना हुने बाँफिकोट ८ र सानीभेरी ७ ले समान ३०–३० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । महिला तर्फको भलिबलमा प्रथम भएको बाँफिकोट ४ ले नगद ६० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्दा द्वितीय हुने सानीभेरी ५ ले नगद ४० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै सान्त्वना हुने सानीभेरी १ र सानीभेरी ४ ले समान १५–१५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको खेलकुद समितिका अध्यक्ष सुशील खड्काले जानकारी दिनुभयो ।
त्यस्तै फुटबलमा मुसिकोट ३ प्रथम भएको छ । प्रथम भएको मुसिकोट ३ ले नगद २० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र पाउँदा द्वितीय हुने मुसिकोट १३ ले नगद १५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र पाएको छ । सान्त्वना हुने सानीभेरी ७ र चौरजहारी ८ ले समान २–२ हजार सहित मेडल कप र प्रमाण पत्र हात पारेका छन् ।
त्यस्तै खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा पहिलो भएको नरेन्द्र ओली र महेशकुमार गुरुङको जोडीले २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र गर्दा दोस्रो भएको सिद्धार्थ के सी र नवराज केसीको जोडीले १५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सान्त्वना हुने ईश्वर रावल र कवीन्द्र पुन तथा मनोज के सी र महेन्द्र पुनको जोडीले समान ५-५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । मङ्सिर १ गते देखि सुरु भएको खेलकुद प्रतियोगिता बुधवार सम्पन्न भएको हो ।