Kakhara सबैको खबर सम्पूर्ण खबर
विपत् कोषमा वडाध्यक्षको एक लाख 
चाैरजहारी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भिमप्रकाश जैसी ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमप्रसाद जैसीले भूकम्प पीडितको लागि नगद रकम सहयोग गर्नुभएको छ । वडा अध्यक्ष जैसीले चौरजहारी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा १ लाख रकम सहयोग गर्नुभएको हो । जैसीले सहयोग गरेको रकमले चौरजहारी नगरपालिका भित्रका भूकम्प पीडितलाई राहतमा सहयोग पुग्ने चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

सहयोग गरेकोमा नगरपालिकाले वडा अध्यक्ष जैसीलाई उच्च सम्मान गर्दै धन्यवाद समेत व्यक्त गरेको छ । गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले चौरजहारी नगरपालिकामा मात्र नौ सय ३२ घर पूर्ण रूपमा क्षति भएका छन् । भने पाँच हजार दुई सय ९६ वटा घर बस्नै नमिल्ने गरी क्षति पुर्याएकाे छ । भूकम्पकै कारण एक जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update