सञ्जय राेकाय
रक्त खोला बग्यो,
पाईन सारा हड्डी टुट्दाको पीडा, मेरी आमाले
यस धर्तीमा मेरो आगमन गराइन मेरी आमाले ।
आफ्नो चञ्चले बलापन पराईको हातमा सुम्पिइन
घर धन्दा कामको बोझ कहा रमाउन पाईन
गरिन् त्याग सन्तानका निम्ति आफ्नो जवानी
साँचेका ती अनगिन्ती सपना भए खरानी ।
मलाई पालन पोषण गर्ने ती हात बिना चुरा खाली देख्छु म,
छोराको कमाइ ल्याउला भनि सपना साँचेको देख्छु म ।
खाली खुट्टा बिना चप्पल रगत पसिना बगाएको देख्छु म
छोरा ले ल्याउला अनि लाउँला भनि सपना साँचेको देख्छु म ।
छोराले नयाँ वस्त्र लाउला भनि फाटेको चोली सिउँदै गरेको याद छ
भाको एक घास भोकै रही मैलाई खुवाई दिएको मलाई याद छ ।
आमा त्यो एक घास आधा आधा खाए हुँदैनथ्यो र
आमा त्यो एकजोर चोली फेरेको भए हुँदैनथ्यो र
आमा त्यो एकजोर चुरा लगाएकाे भए हुँदैनथ्यो र
आमा त्यो एक जोर चप्पल लगाकाे भए हुँदैनथ्यो र
आमा माफ गर्दिनु मलाई ढिला भएको पत्तै भएन छ ।
आज मेरी आमाको हात समाउँदा खर्सो महसुस भयो
सिर उहाँको चरणमा राख्दा पाउ गल्न थालेको महसुस भयो
अँगाल्न खोज्दा तिमीलाई तिम्रो शरीर चाउरी परेको महसुस भयो ।
ओहो मेरी आमा बुढी हुनु भएछ ।
धन्य धन्य मेरी आमा कृपा हजुरको
आमा पाएँ जो आशीर्वाद हजुरको
खोसियो तपाईंको सबै समय आमा तपाईं बुढी हुनु भएछ
तपाईंको रगत हुँ खुसी मेरो सबै तपाईं, सबै खुसी मेरो तपाईंलाई ।