Kakhara सबैको खबर सम्पूर्ण खबर
आज डिग्रे मेला 

डिग्रे मेला आज सकिँदै छ । मङ्सिर ७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला आज सकिन लागेको हो । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लाग्दै छ । मेला भर्न हजारौँ मानिसहरू डिग्रे पुग्ने गर्दछन् । 

डिग्रे मन्दिरमा बर्सैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षका पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । यी पाँच दिनमा विशेष महत्वका साथ पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ । 

एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा हरेक वर्ष एकादशी देखि पूर्णिमासम्म मात्र करिब १ लाख दर्शनार्थीले पूजापाठ, दर्शन तथा मेला भर्ने गरेको समितिको भनाई छ । 

त्यस्तै १ हजार बढी बोकाको बलि समेत चढ्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । अन्य सामान्य समयमा भने कति दर्शनार्थी आउँछन् भन्ने तथ्याङ्क समितिले राख्ने गरेको छैन । तर वर्ष भरी ठुलो सङ्ख्यामा दर्शनार्थीहरु मन्दिर पुग्ने गरेको समिति बताउँछ । यो मन्दिरमा पूजापाठ र बलि दिनाले मनले चिताएको विश्वास छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update