Kakhara सबैको खबर सम्पूर्ण खबर
मयूर युवा क्लवको १५औं वार्षिकोत्सवमा विभिध खेलकुद प्रतियोगिता
सम्बन्धित फोटो

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा विभिध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकामा रहेको मयूर युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगिताहरु आयोजना गरेको हो । क्लवले खुला वडा स्तरीय पुरुष भलिबल, खुला पुरुष डबल ब्याडमिन्टन, सटफुट, घैंटोफोर, खुला हाँजिरी जवाफ, मुक्तक र एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । यि प्रतियोगिता बैशाख १ गतेदेखि वडा नं. २ को सिम्रुतुमा सुरु हुने क्लवका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भलिबलको विजेताले नगद ५१ हजार, कप, मेडल र प्रमाणपत्र, उप विजेताले ३१ हजार नगद, कप, मेडल र प्रमाण पत्र तथा सेमिफाईनलसम्म पुग्ने दुई टिमले समान ११ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । ब्याडमिन्टनको विजेता जोडिले भने नगद २० हजार, कप, मेडल र प्रमाण पत्र हात पार्ने छ । त्यस्तै ब्याडमिन्टनमा उप विजेता बन्ने जोडिले नगद १५ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सेमिफाईनलसम्म पुग्ने दुई जोडिलाई समान ५ हजार नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष ओलीले बताउनुभयो । सटफुटमा प्रथम हुनेले २ हजार, दोस्रोले १ हजार ५ सय र तेस्रो हुनेले १ हजार पुरस्कार पाउँने छन् । 

घैंटोफोरमा प्रथम हुनेले नगद २ हजार, हाँजिरी जवाफको प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुने समुहले २ हजार, मुक्तकमा प्रथमले १ हजार ५ सय, दोस्रोले १ हजार र तेस्रोले ५ सय तथा एकल नृत्यमा पहिलो हुनेले ३ हजार, दोस्रोेले २ हजार र तेस्रोले १ हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा क्लवले खेलकुद प्रतियोगिता आयोजना गरेको हो । भोलीबाट सुरु हुने प्रतियोगिता बैशाख ४ गतेसम्म संचालन हुने बताईएको छ ।

 


 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update