सांसद धनबहादुर केसी सम्मानित
लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबि) सम्मानित हुनुभएको छ । रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित हुनुभएका सांसद केसी बुटवलमा जारी नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित हुनुभएको हो । पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली काँग्रेसले उहाँलाई सम्मान गरेको हो ।
काँग्रेसले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मान गर्ने क्रममा पार्टीबाट प्रदेशभरमा निर्वाचित सांसद मध्येबाट केसीलाई सम्मान गरेकाे सांसद केसीका स्वकिय सचिव लाेकेन्द्र खनालले जानकारी दिनुभयाे । लुम्बिनी प्रदेशमा काँग्रेसका प्रत्यक्ष तर्फका १७ र समानुपातिक तर्फका १० गरी २७ जना सांसद रहेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्